Breaking News
समाजवादीको आरोप : प्रधानमन्त्रीको आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको अपहरण गरियो

काठमाडौं, वैशाख १०-
सप्तरी निवासी समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेको छन् ।
यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।
बुधबार साझ आफ्नो फेसबुकमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका हुन् ।
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’
























