चितवन विशेष

व्यवसायीको समस्या देखाउँदै उवासंघ चितवनले बुझायो ज्ञापन पत्र

Banner

चितवन, वैशाख १०–

उद्योग वाणिज्य संघ चितवनले व्यवसायीहरुको समस्या सम्बोधनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

संघका अध्यक्ष राजु श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भट्टराई आज ज्ञापन पत्र प्रदान गरे । ज्ञापन पत्र बुझाउदै अध्यक्ष श्रेष्ठले माहामारीका बेला उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र भावी दिनमा हुनसक्ने आर्थिक जोखिमलगायतका विषयमा माग राख्दै समग्र देशको आर्थिक समृद्धी, उद्योग व्यवसाय सञ्चालन, बैंक व्याज, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका चुनौतीका बारेमा ज्ञापनपत्रमा उल्लेख गरिएको बताए । ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले उक्त ज्ञापन पत्र सम्बन्धित निकायमा आजै प्रधानमन्त्री कार्यालय पठाउने जानकारी गराउँदै संकटको बेलामा उद्योग वाणिज्य संघ चितवनले गरेको कार्यको प्रशंसा गरेका थिए ।

सो कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननाराण श्रेष्ठ, उपाध्यक्षत्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी, भोजराज कौडाललगायत संघका कार्यकारी निर्देशक गौरव खतिवडा र वरिष्ठ अधिकृत निलबहादुर केसीको उपस्थिति रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>