चितवन विशेष

पत्रकार राहत कोषमा सफल मोटर्सको सहयोग

Banner

चितवन, वैशाख १०–

चितवनका लागि टाटाको आधिकारिक बिक्रेता सफल मोर्टर्स, भरतपुरले नेपाल प्रेस यूनियन चितवन शाखाले स्थापना गरेको ‘पत्रकार राहत कोष’मा आर्थिक सहयोग गरेका छन् ।

कोषमार्फत पत्रकारहरुलाई स्वास्थ्य सामग्री खरिदका लागि सफल मोटर्सले सहयोग गरेको हो । रिपोर्टिङका लागि पत्रकारहरु हिडडुल गरिरहनु पर्ने भएकाले पत्रकारको सुरक्षाका लागि आर्थिक सहयोग गरिएको कम्पनिले जनाएको छ । कम्पनिका प्रवन्ध निर्देशक गोपाल भट्टराइले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५सय ५५ रुपैयांँको चेक हस्तान्तरण गरेका छन् ।

प्रवन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंँगै सञ्चारकर्मीहरु जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताए । ‘पत्रकार पनि कोराना जोखिममा उत्तिकै छन भन्ने बुँझे’, भट्टराइले भने ‘सुरक्षा सामग्री खरिदका लागि मद्धत पुगोस् भनेर सहयोग गरेको हो ।’

अध्यक्ष ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क, स्यानिटाइजर र ग्लोब्स वितरण गर्न लागिएको बताए । प्रेस यूनियनको मंगलबार बसेको अनलाइन बैठकले ३ लाख रुपैयांँ बराबरको ‘पत्रकार राहत कोष’ स्थापना गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>