Breaking News

कोरोना भाइरसले अमेरिकामा ४५ हजारको मृत्यु

Banner

एजेन्सी,बैशाख १०-

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार दुई सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>