चितवन विशेष

चितवनका चिकित्सक दम्पतीले दिए ‘पत्रकार राहत कोष’लाई २० हजार

Banner

चितवन, वैशाख ९–

चितवनका दन्त चिकित्सक दम्पतीले ‘पत्रकार राहत कोष’मा २० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल प्रेस युनियन चितवनले कोरोना संकटका बेला जिल्लाभित्रका पत्रकारलाई आइपर्ने संकटमा सहयोग गर्न मिल्ने गरि राहत कोष स्थापना गरेको थियो ।

नारायणगढमा रहेको साइराम डेण्टल केयरका प्रबन्ध निर्देशक डा. सरु थापा न्यौपाने र भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख डा. अजय न्यौपानेले राहत कोषका लागि सहयोग गरेका हुन् । युनियनका अध्यक्ष अनिल ढकाललाई सो रकम हस्तान्तरण गरेका थिए ।

अध्यक्ष ढकालले लकडाउनका कारण पत्रकारले अनेक समस्या झेल्नु परेको बताउँदै पत्रकारलाई परेका सबैखाले समस्या समाधानका लागि राहत कोषको रकम प्रयोग हुने बताए । उनले राहत कोषमा सहयोग गर्न अपील समेत गरेका छन् । समस्यामा परेका पत्रकारले युनियनको पदाधिकारीलाई जानकारी गराउन सक्नेछन् । सहयोग लिने पत्रकारको नाम गोप्य राखिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>