Breaking News
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो
०

काठमाडौं, वैशाख ९–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ३३ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि गर्दै संक्रमितको संख्या ३२ पुगेको जनाएको छ ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै उदयपुरमै कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । जसमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























