Breaking News
राहातमा कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ
०

कैलया, बैशाख ९–
लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले मेयर राजेश राय यादवले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।
कलैया उपमहानगरपालिकाले गत चैत २८ गते वितरण गरेको राहातमध्ये दाल, चामललगायत खाद्यान्न कुहिएको भेटिएको थियो ।
राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























