स्वास्थ्य

जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

Banner

खलङ्गा, वैशाख ९-

भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण र १४९ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

कोभिड –१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>