Breaking News
चितवनमा ७९ जनाको कोरोना रिपोर्ट नेगेटिभ
०

चितवन, वैशाख ८–
चितवनमा ७९ जना कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
चैत ६ र ७ गते पठाइएको नमूना रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पताल, कोरोना अस्पताललगायत विभिन्न स्थानबाट संकलन गरिएको स्वाब भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला भरतपुरमा परीक्षण गरिएको थियो । ती सबै नमूनाको आज अपरान्ह रिपोर्ट आएको हो ।
नेगेटिभ रिपोर्ट आउनेमा चितवनका दुई कोरोना संक्रमितका आफन्तहरु समेत छन् । कोरोना संक्रमित राप्ती नगरपालिका–८ का एकै घरका दुई जना नजिकका ८ जना आफन्तको हिजो स्वाब संकलन गरी भरतपुर पठाइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितहरुबाट चितवनमा थप अन्यमा कोरोना फैलिन नपाएको विश्वास गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























