Breaking News
मन्त्रिपरिषद्को दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरिन्
०

काठमाडौं, वैशाख ८–
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) मन्त्रिपरिषदले प्रस्ताव गरेको दुई वटा अध्यादेश जारी गरेकी छन् ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
अध्यादेश जारी भएसंगै अबदेखि पार्टी फुटाउन संसदीय दल वा पार्टी केन्द्रीय सदस्य मध्ये कुनै एउटामा ४० प्रतिशत संख्या पु¥याए पुग्ने भएको छ । यस्तै अर्को अध्यादेश अनुसार संवैधानिक परिषद्मा दुई जनाले मात्रै निर्णय गर्न सक्ने भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























