Breaking News

प्रधानमन्त्री ओलीलाई गगन थापाको अनुरोध – आँखा र कान जचाँउनु होला

Banner

काठमाडौँ, बैशाख ८-

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रसका सांसद गगन थापाले आँखा र कान जचाँउन आग्रह गरेका छन् ।

लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्।

थापाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भने प्रधानमन्त्री ज्यू, आँखा र कान परीक्षण गराउन उपयुक्त होला।’

ओलीले अन्तरवार्ताका क्रममा भनेका थिए, ‘प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे? के यो रहस्यपूर्ण छैन र ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>