Breaking News

लकडाउनको उल्लंघन गर्ने बिहानै १२ सय मानिस कारबाहीमा

Banner

काठमाडौं, बैशाख ८- 

काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १२ सय २९ जना मानिसलाई प्रहरीले कारबाही गरेको छ ।

गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा जनचेतना दिने गर्दछ। अत्यआवश्यक काममा घर बाहिर निस्कनु परे प्रहरीलाई सम्पर्क गरेर निस्कन प्रहरीले अनुरोध गरेको छ।

८ सय ७६ जना पुरुष र ३ सय ५३ जना महिलालाई कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै आज (सोमवार) बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गरि कुदाएका ८४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>