Breaking News

अमेरिकामा हतियारसहित लकडाउनको विरोधमा प्रदर्शन जारी,ट्रम्पको समर्थन

Banner

एजेन्सी,बैशाख ८-

लकडाउनको विरोधमा अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै तत्काल खुलाउन गभर्नरहरुसँग माग गरेका छन् ।

एरिजोना, कोलोराडो, मोन्टाना र वासिङ्गटन राज्यमा लकडाउनको विरोधमा आइतबार प्रदर्शन भएका छन् । यसअघि अरु आधा दर्जन राज्यमा पनि प्रदर्शन भएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहे पनि लगातारको प्रदर्शनले लकडाउन खुकुलो पार्न गभर्नरहरुमाथि दबाब बढ्दै गएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेका छन् । त्यसपछि प्रदर्शन थप बिस्तार भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>