चितवन विशेष

बेसाहारालाई खाना खुवाउँदै चितवनका सुनचांँदी व्यवसायी

Banner

चितवन,बैशाख ७-

लकडाउनको समयमा काम र माम नपाएका सडक बालबालिका, विपन्न, जोगी, र दैनिक ज्याला मजदुरलाई चितवनका सुनचांँदी व्यवसायीहरूले दैनिक भोजन खुवाएका छन् । चितवनका व्यवसायीको चार संस्थाको समन्वयमा चैत २९ देखि भोजन खुवाउन थालिएको हो । लकडाउनको समयमा खाना नपाएर भोकै रहेका त्यस्ता वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्देश्यले दैनिक भोजन खुवाउने अभियान थालिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए ।

“लकडाउनको समयमा राज्यसमेत उदासीन छ,” उनले भने, “हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।” उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाइँदै आइएको छ ।पहिलो चरणमा वैशाख १५ सम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिँदै गए पनि भोजन खुवाउने कामलाई निरन्तरता दिइने संयोजकसमेत रहेका रामुदामुको भनाइ छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिसरमा भोजन वितरण गरिरहेको छ ।

नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>