Breaking News

चितवनका कोरोना संक्रमितसंगको सम्पर्कमा पुगेका १७ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, वैशाख ७–

चितवनको राप्ती नगरपालिका वडा नं.८ मा कोरोना संक्रमितसंग सम्पर्कमा रहेकाहरु मध्ये आजसम्म १७ जनाको (द्रुत परीक्षण) र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । वडा नं.८ लाई शिल गरेरै कोरोना संक्रमित आमा र छोरासंग भेटघाट र सम्पर्कमा रहेकाहरुको द्रुत परीक्षण गरिएको हो ।

शनिबारदेखि सुरु गरिएको परीक्षणमा आज (आइतबार) थप ९ जनाको परीक्षण गरिएको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले संक्रमितहरुसंग नजिकका सम्बन्ध भएकाहरुको आज परीक्षण गरिएको बताए । हिजो (शनिबार) नजिकका ८ जनाको पनि आज थप परीक्षणका लागि स्वाब भरतपुर ल्याइएको छ । उपप्रमुख लामाले संक्रमितहरुसंग सम्पर्कमा पुगेका अन्यको खोजी भइरहेकोले सम्पर्कमा आएपछि परीक्षणलाई अगाडि बढाउँदै लैजाने बताए ।

कोरोना संक्रमित ६७ वर्षीया महिला र २७ वर्षीय पुरुषलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । सो कक्षलाई सिसिटिभीबाट मनिटरिङ भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित ती दुवै आमा छोरोको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>