Breaking News

चितवनका कोरोना संक्रमितसंगको सम्पर्कमा पुगेका १७ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

Banner

चितवन, वैशाख ७–

चितवनको राप्ती नगरपालिका वडा नं.८ मा कोरोना संक्रमितसंग सम्पर्कमा रहेकाहरु मध्ये आजसम्म १७ जनाको (द्रुत परीक्षण) र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । वडा नं.८ लाई शिल गरेरै कोरोना संक्रमित आमा र छोरासंग भेटघाट र सम्पर्कमा रहेकाहरुको द्रुत परीक्षण गरिएको हो ।

शनिबारदेखि सुरु गरिएको परीक्षणमा आज (आइतबार) थप ९ जनाको परीक्षण गरिएको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले संक्रमितहरुसंग नजिकका सम्बन्ध भएकाहरुको आज परीक्षण गरिएको बताए । हिजो (शनिबार) नजिकका ८ जनाको पनि आज थप परीक्षणका लागि स्वाब भरतपुर ल्याइएको छ । उपप्रमुख लामाले संक्रमितहरुसंग सम्पर्कमा पुगेका अन्यको खोजी भइरहेकोले सम्पर्कमा आएपछि परीक्षणलाई अगाडि बढाउँदै लैजाने बताए ।

कोरोना संक्रमित ६७ वर्षीया महिला र २७ वर्षीय पुरुषलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । सो कक्षलाई सिसिटिभीबाट मनिटरिङ भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित ती दुवै आमा छोरोको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>