Breaking News

गण्डकी प्रदेशले सीमा नाकामा लगायो काँडेतार,आवतजावतमा कडाइ

Banner

स्याङजा,बैशाख ७-

कोरोना भाइरसको जोखिम गण्डकी प्रदेशले सीमानाकामा प्रवेश निषेध गरेको छ । निर्णय गरेको भोलिपल्टै स्याङजाले राम्दी सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरी आवतजावतमा कडाइ गरिएको छ ।

गण्डकी प्रदेश सरकारले अन्य प्रदेशबाट आफ्नो प्रदेशमा प्रवेश गर्न रोक लगाउने गरी शनिबार निर्णय सार्वजनिक गरेको थियो । गण्डकी प्रदेश र प्रदेश नं. ५ को सीमामा रहेको (स्याङजा र पाल्पाको संगम स्थल) राम्दी पुलमा स्याङजाले आइतबार बिहानदेखि काँडेतारसहित सशस्त्र प्रहरीको बीट स्थापना गरी निगरानी बढाएको छ ।

प्रहरीले (सडक)पुलमै काँडे तार राखेर प्रवेशमा कडाई गरेको हो । पोखरा—सुनौली सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने स्याङजाको सीमाना राम्दीको पुलमाथि नै सिद्धार्थ राजमार्ग हो । प्रदेश सरकारको निर्णय अनुसार जिल्ला सुरक्षा समितिको बैठकबसी राम्दीमा शसस्त्र प्रहरीको अस्थायी वीट स्थापना गर्ने निर्णय गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनले भने, अत्यावश्यक बाहेक आवतजात गर्न नदिनेगरी आइतबार बिहानदेखि चेकचाँजमा कडाई गर्न सुरक्षाकर्मीलाई आदेश छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>