Breaking News
कोरोनाभाइरसले अमेरिकामा एकै दिन १ हजार ८५७ जनाको मृत्यु, १३ हजार ५५१ जनाको अवस्था गम्भीर
०

काठमाडौं, बैशाख ७ –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।
अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























