Breaking News

कोरोना संक्रमितका आफन्तलाई राप्तीको क्वारेन्टाइनमा राखियो

Banner

चितवन, वैशाख ६–

चितवनका दुई जना कोरोना संक्रमितका नजिकका आफन्तहरुलाई आज (शनिबार)देखि छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।

राप्ती नगरपालिकाले वडा नं.८ मा निर्माण गरेको क्वारेन्टाइनमा ८ जना आफन्तहरुलाई राखिएको छ । यस्तै दुई जना एक्बुलेन्स चालकहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ । आज १० जनाकै र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको थियो । क्वारेन्टाइनमा खानाको प्रवन्ध नगरपालिकाले गरेको छ ।

यस्तै कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको तथ्यांक संकलन सुरु गरिएको छ । उनीहरुको पहिचान हुँदै गएपछि क्वारेन्टाइनमा राखिने नगरपालिकाकी प्रमुख प्रभा बरालले जानकारी दिइन् । कोरोना संक्रमण देखिएपछि वडा नं.८ लाई शिल गरिएको छ । सोही वडाका बेलायतबाट आएका आमा छोरालाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>