Breaking News
सुदूरपश्चिमका ५ कोरोना संक्रमितमध्ये ४ जनाको रिपोर्ट पुनः पोजिटिभ, एककाे नेगेटिभ
०

महेन्द्रनगर, बैशाख ६-
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत सुदूरपश्चिमका पाँच कोरोना संक्रमितमध्ये चार जनाको रिपोर्ट पुनः पोजिटिभ आएको छ । एक युवककाे नतिजा भने नेगेटिभ आएको छ ।
धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो तथा लम्किचुहा नगरपालिका १ की ६५ वर्षीया महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो ।
लम्किचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको हो । दुई साताअघि कोरोना पोजिटिभ देखिएर अस्पतालको आइसोलेसनमा रहेका उनको धनगढीकै प्रयोगशालामा शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























