Breaking News

चितवनमा कोरोना संक्रमितलाई भेटेका ८ जनाको गरियो र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

Banner

चितवन, वैशाख ६–

चितवनका कोरोना संक्रमित दुई जनालाई नजिकबाट भेटेका ८ जनाको आज (शनिबार) ¥यापिड डाइग्नोस्टिक टेस्ट (द्रुत परीक्षण) गरिएको छ ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘आज पहिलो चरणमा ८ जनाको परीक्षण गरेका छौं, बाँकी भोलि (आइतबार) परीक्षणलाई अघि बढाउने छौं ।’

आज परीक्षण गरिएकाहरु कोरोना संक्रमित आमा, छोरासंग नजिकबाट भेटघाट गरेका थिए । उनीहरुको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएपनि आजबाट क्वारेन्टिनमा राखिने जानकारी दिए । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । उनले अन्यको खोजीको भइरहेको र २० दिन नपुगेकालाई क्वारेन्टाइनमा राखिने र २० दिन नाघेका लागि तत्कालै र्‍यापिड टेस्ट गरिने बताए । उनले क्वारेन्टाइनमा बस्नेहरुको पनि द्रुत परीक्षण गरिने बताए ।

पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं.८ का एकै परिवारका आमा र छोराको हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै आज विहानैदेखि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । यस्तै वडा नं.८ लाई पूर्णरुपमा शिल गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>