Breaking News

चितवनमा कोरोना संक्रमितलाई भेटेका तीन परिवारका ११ जनाको र्‍यापिड टेस्ट चल्दै

Banner

चितवन, वैशाख ६–

चितवनका कोरोना संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङसंगै ११ जना आफन्तको पहिचान भएको छ । संक्रमित परिवारका आफन्त रहेका तीन परिवारका ११ जनाकै अहिले ¥यापिड डाइग्नोस्टिक टेस्ट (दु्रत परीक्षण) सुरु गएिको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार संक्रमितलाई भेटेका २० दिन पुगि सकेका आफ्नै तीन परिवारका ११ जनाको ¥यापिड टेस्ट गर्न थालिएको हो । ‘आज ११ जनाका परीक्षण गर्छौ, अन्यको पहिचान भएपछि परीक्षणलाई अघि बढाउँछौं’–तिवारीले नारायणी अनलाइनसंग भने । उनले अन्यको खोजीको भइरहेको र २० दिन नपुगेकालाई क्वारेन्टाइनमा राखिने र २० दिन नाघेका लागि तत्कालै ¥यापिड टेस्ट गरिने बताए । उनले क्वारेन्टाइनमा बस्नेहरुको पनि द्रुत परीक्षण गरिने बताए ।

पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं.८ का एकै परिवारका आमा र छोराको हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै आज विहानैदेखि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । यस्तै वडा नं.८ लाई पूर्णरुपमा शिल गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>