Breaking News
नेपालमा दोस्रो कोरोना संक्रमित युवती पनि निको भइन्, आजै अस्पतालबाट भइन् डिस्चार्ज
०

काठमाडौं, वैशाख ६–
नेपालको दोस्रो कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती निको भएर आज डिस्चार्ज भएकी छिन् ।
चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् । उनी केहीबेर अघि डिस्चार्ज भएकी हुन् । दुई पटकसम्म उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।
ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । उनी यूएईबाट चैत ६ गते नेपाल आएका थिए ।
शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























