Breaking News

रत्ननगरका लालकुमार मृत्यु प्रकरणः हत्या गरेर नदीमा फालेको आफन्तको आरोप

०
Banner

चितवन, वैशाख ६–

पूर्वीचितवनको रत्ननगर नगरपालिका–७ मालपुरका ४२ वर्षीय लालकुमार राउत मृत अवस्थामा भेटिएपछि उनका आफन्तहरुले हत्या भएको आरोप लगाएका छन् । मृतकका भतिजो कमानसिंह चौधरीले मारेर नदीमा फालेको आरोप लगाए ।

उनले भने–‘मेरो काकालाई स्थानीय व्यक्तिहरुसंगै माछा मार्न गएको प्रत्यक्षदर्शीले देखेका छन्, उनले घटनामा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्न माग गरे । ‘शव हेर्दा हत्या नै देखिन्छ, त्यतिमा मात्र होइन उनीसंग गएका व्यक्तिहरु एकाएक त्रसित बनेका छन्’–उनले भने ।

राउत खैरहनी नगरपालिका–१३ स्थित राप्ती नदीको इचर्नीघाटमा बिहीबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यता चितवन प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले किटानी जाहेरी परिसकेकाले अनुसन्धान भइरहेको बताए । उनले भने–‘रत्ननगर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, घटनामा संलग्न उम्किन पाउने छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>