Breaking News

चितवनका कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नै कठिन

Banner

चितवन, वैशाख ६–

चितवनमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सुरु गरिएको छ । तर त्यसका लागि अवस्था भने कठिन बनेको छ । उनीहरु धेरै मानिसको सम्पर्कमा पुगेकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सहज छैन् ।

कोरोना संक्रमित पूर्वीचितवनको राप्ती नगरपालिका–८ का ती ६३ वर्षीया आमा २७ वर्षीय छोरा चैत ३ गते कतार एयरवेजमार्फत काठमाडौं आइपुगेका थिए । ३ र ४ गते काठमाडौंमै बसेका उनीहरु चैत ५ गते सार्वजनिक बस चढेर चितवन आइपुगेका थिए । चितवन आइपुगेपछि उनीहरु अटो चढेर घरसम्म पुगेको जानकारी प्राप्त गरेको राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले नारायणी अनलाइनलाइ बताइन् । उनले भने–‘‘कन्ट्याक्ट ट्रेसिङ’को काम सुरु भएको छ, काठमाडौंदेखि नै गाडीमा चढेर आएकोले समस्या देखिएको छ, अरु को–को संग भेटभाट भयो भन्ने कुरा खोजिरहेका छौं ।’

उनका अनुसार संक्रमित परिवार अन्य मानिसहरुसंग धेरै घुलमिल भएको देखिदैन । तर परिवार ठूलो भएकाले धेरै आफन्तहरुसंग भेटघाट भएको आशंका गरिएको छ । नगर प्रमुख बरालले भनिन्–‘आफन्तहरुलाई, घर नजिक चकलेट बाडेको कुरा पनि आएको छ, परिवार ठूलो भएकाले केही समस्या छ ।’

संक्रमितसंग भेटघाट गरेकालाई क्वारेन्टाइनमा रोख्ने तयारी

राप्ती नगरपालिकाले कोरोना संक्रमित दुई व्यक्तिसंग सम्पर्कमा आएकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको नगर प्रमुख बरालले जानकारी दिइन् । ‘बुद्धशान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाइरहेका छौं, संक्रमितको सम्पर्कमा आएकाहरुलाई सोही स्थानमा राख्ने गरी तयारी गरिरहेका छौं’–नगर प्रमुख बरालले नारायणी अनलाइनसंग भनिन् ।

नगरपालिकाले यसअघि बुद्धशान्ति माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइ सकेको छ । हाल सो क्वारेन्टाइनमा २२ जना बसीरहेको नगर प्रमुख बरालले जानकारी दिइन् । नगरपालिकाले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा राखेको छ । नगरपालिकामा ८८ जना विदेशबाट आएका व्यक्तिहरु गरेको नगर प्रमुख बरालले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>