Breaking News
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ४५० नाघ्यो, करिब १४ हजार संक्रमित
०

एजेन्सी, बैशाख ५-
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ५० नाघेको छ । अहिलेसम्म ४ सय ५२ जनाको मृत्यु भएको हो ।
संक्रमितको संख्या पनि १३ हजार ८ सयभन्दा बढी भएको छ । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २४ घन्टाको अन्तरमा २३ जनाको मृत्यु भएको समाचार संस्थाहरुले जनाएका छन् ।
भारतमा मे ३ सम्म सरकारले लकडाउन गरेको छ । त्यसअघि पहिलो चरणमा २१ दिनको लकडाउन गरिएको थियो ।
भारतको महाराष्ट्र राज्य कोरोना भाइरसबाट धेरै प्रभावित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























