Breaking News

बेलायतबाट चैत ३ गते नेपाल आएका थिए चितवनका कोरोना संक्रमित

Banner

चितवन, वैशाख ५–

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका चितवनका एकै परिवारका दुई व्यक्ति बेलायतबाट आएको खुलेको छ ।

पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं.८ का ती कोरोना संक्रमित ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा)को आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत नेपाल आएका थिए । दुई दिन काठमाडौं बसेर उनीहरु चितवन आएको बताइएको छ । उनीहरु आफ्नो परिवार भेटेर बेलायतबाट फर्किएको बुझिएको छ ।

उनीहरुमा संक्रमण पुष्टि भएपछि उनीहरुको ट्रेसिङ सुरु गरिएको छ । उनीहरुको परिवार ठूलो भएकोले सबैको संख्या एकिन गर्न थालिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले परिवारलाई आज होम क्वारेन्टिनमा बस्न भनिएको र भोलि (शनिबार) बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टिन बनाएर राखिने जानकारी दिइन् । चितवनको यो पहिलो केस हो ।

उनीहरुको बुधबार ¥यापिड डाइग्नोष्टिक टेस्ट गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । हिजो (बिहीबार) उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राती पोजिटिभ नतिजा आएको थियो । आज (शुक्रबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षण गर्दा दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>