Breaking News

जनताको पीडामा दर्शक मात्रै भयो सरकार : सभापति देउवा

Banner

काठमाडौं, वैशाख ५-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार निमुखा जनताको पीडामाथिको दर्शक भएको बताएका छन् ।

काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै उनले सरकारमा बसेकाले निमुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोजगारीका लागि अन्यत्र पुगेका निमुखा जनताको पिडामा सरकार दर्शक भएको बताएका हुन् । खान नपाएर दैनिक सयौँ किलोमिटर पैदल हिँडेर हजारौं मजदुर घर गइरहेको अवस्थामा सरकारले जनतामाथि खेलवाड गरेको आरोप पनि उनले लगाएका छन् । ‘यस्तो संकटमा सरकार भरथेग सबैभन्दा बढी निमुखा जनतामाथि हुनुपर्ने हो’, उनले भने, ‘तर सरकारमा बसेकाहरू ती निमुखाहरूको त्यो पीडादायी यात्राको दर्शक मात्रै भएको छ ।’ देउवाले लकडाउनको कारण काठमाडौं लगायत विभिन्‍न क्षेत्रबाट खाना र बस्‍ने व्यवस्था नभएर पैदल घर गइरहेका नागरिकलाई खान बस्न मिलाउन पनि कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>