चितवन विशेष

युनिक सहकारीले कोरोना माहामारी रोकथामका लागि दुई लाख सहयोग गर्ने

०
Banner

चितवन, वैशाख ५–

युनिक बचत तथा ऋण सहकारी संस्था रत्ननगरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रणका लागि चार वटा स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ ।

संस्थाको ‘सामाजिक हित कोष’बाट स्थानीय निकाय स्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा नगद तथा जिन्सी सहयोग गर्ने घोषणा गरेको हो । युनिकले केन्द्रीय कार्यालय रहेको रत्ननगर नगरपालिकालाई एक लाख एक हजार बराबरको खाद्यान्न, कालिका नगरपालिकालाई ५१ हजार रुपैयाँ नगद, भरतपुर महानगरपालिका र राप्ती नगरपालिकालाई २५/२५ हजार रुपैयाँको दरले २ लाख २ हजार रुपैयाँ सहयोग गर्ने जनाएको हो ।

बिहीबार अनलाइन मार्फत बसेको ‘कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा सञ्चालन’ उपसमितिको बैठकले खाद्यान्न र नगद सहयोग गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने जानकारी दिएका छन् ।

यस्तै युनिक सहकारीले आफ्ना शेयर सदस्य तथा समुदायका बासिन्दालाई दुई हजार थान मास्क समेत वितरण गरेको छ । नेफस्कूनबाट जारी निर्देशिका बमोजिम २०७६ चैत्र २८ गते बसेको संचालक समितिको १५१औ बैठकको निर्णय अनुरुप संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको संयोजकत्वमा संचालक सुरेन्द्रनाथ रेग्मी, चन्द्रीका महत केसी र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने सहितको ४ सदस्यीय ‘कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा संचालन’ उप–समिती गठन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>