Breaking News
भारतमा कोरोना भाइरसका कारण १३ हजार भन्दा बढी संक्रमित, ४ सय ३७ को मृत्यु
०

एजेन्सी, वैशाख ५-
तीव्र रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ । कोरोनाका कारण भारतमा १३ हजार ३८७ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।
कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























