Breaking News

हेटौंडामा कोरोनाको र्‍यापिड टेस्ट गर्दा चारजनाको रिपोर्ट पोजिटिभ

Banner

मकवानपुर,बैशाख ४-

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएको हो ।

हेटौंडा–४ वासुदेव सभागृहमा भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए। बासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>