Breaking News
चितवनमा यी सवारी साधनहरु मात्रै संचालन हुन पाउने

चितवन, वैशाख ४–
चितवनमा प्रशासनले लकडाउनको समयमा सवारी साधन संचालनमा कडाइ गर्ने भएको छ । जिल्ला सुरक्षा समिति चितवनको आज (बिहीबार) बसेको बैठकले सवारी साधन संचालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एम्बुलेन्सहरु (बिरामीको साथमा बढीमा २ जना सहयोगी मात्र रहने गरी), शवबाहन, दमकल, राजमार्गमा यात्रा गर्ने मालबाहक सवारी साधनहरु संचालन हुन पाउने छन् ।
यस्तै भित्री बाटोको हकमा अत्यावश्यक सामान बोकेका सवारी साधनहरु (तरकारी, खाद्यान्न, दूध, पशुपंक्षीका दानामात्र), सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनहरु, परिचयपत्र बाहक स्वास्थ्यकर्मीहरु (ड्यिुटी रोष्टर उल्लेख भएका स्वास्थ्यकर्मीहरुका लागि घरदेखि अस्पतालसम्मको बाटोमा मात्र (निजहरुको साथमा डियुटी रोस्टर हुनुपर्ने) मात्र संचालन हुन पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए ।

























