Breaking News
चितवनमा एउटा गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित
०

चितवन, वैशाख ३–
चितवनमा आज (बुधबार) एउटा गैंडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो ।
उक्त भाले गैंडाको खाग, खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘बुढो अवस्थाको गैंडा घोलको डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।’ गैंडा मृत भेटिएको क्षेत्र गैंडाको पकेट क्षेत्र जस्तै हो । धेरै जसो निकुञ्जको गैंडा सुखीभार क्षेत्रमै रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा हाल २४ वटा गैंडाको मृत्यु भएको छ । ती सबै गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सहायक सरक्षण अधिकृत उप्रेतीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























