Breaking News

चीनले भन्यो – डब्लूएचओलाई सहयोग रोक्ने ट्रम्पको निर्णय अमेरिकाकै लागि हानिकारक

Banner

काठमाडौं, बैशाख ३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई अमेरिकाले आर्थिक सहयोग नगर्ने  घोषणा गरेपछि विश्वभरबाट ट्रम्पको निर्णयको विरोध भएको छ।

ट्रम्पले मंगलबार डब्लूएचओले कोरोना भाइरसको संकटलाई राम्रोसँग समाधान गर्न नसकेको र फैलिइरहेको कोरोना संक्रमणलाई ढाकछोप गरेको आरोप लगाउँदै तत्काललाई सहयोग रोक्का गरेको बताएका थिए ।

ट्रम्पले कोरोना भाइरसको विषयमा डब्लूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाएका थिए ।

यसबीचमा चीनले अमेरिकी निर्णयको आलोचना गरेको छ । चीनले बुधबार अमेरिकी निर्णयले अमेरिका आफैंलाई र विश्वका हरेक देशलाई प्रभाव पार्ने बताएको सिन्ह्वाले जनाएको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने,‘अमेरिकी निर्णय अमेरिकासहित विश्वका सबै देशका लागि हानिकारक छ।’ अमेरिकी कार्यले विश्व स्वास्थ्य संगठन कमजोर हुने र कोरोना भाइरसविरुद्धको अन्तर्राष्ट्रिय सहायतामा ठेस पुग्ने चीनको भनाइ छ ।

झाओले सो क्रममा अमेरिकाले सहयोग रोकेपनि चीनले जहिल्यै डब्लूएचओलाई सहयोग गरिरहने जानकारी दिएका थिए ।

चीन अगाडि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेस र अमेरिकी धनाढ्य तथा समाजसेवी बिल गेट्सले ट्रम्पको निर्णयको विरोध गरेका थिए ।

राष्ट्रसंघका महासचिव गुटेरेसले कोभिड–१९ सँग जुधिरहेका बेला यस्तो निर्णय गर्नु उपयुक्त समय नभएको बताएका थिए ।

अमेरिकाले डब्लूएचओलाई वर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलरसम्म सहयोग प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>