Breaking News

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुको अपिल : उद्धार गरिदिनुस्, जहाज भाडा हामी तिर्छौं

Banner

काठमाडौँ, वैशाख ३–

अध्ययनको शिलशिलामा बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

नेपाली विधार्थीले त्यहाँ कोरोना संक्रमण जोखिम उच्च रहेको भन्दै उद्धार गरिदिन सरकारसँग अनुरोध गरेका छन्। सरकारले प्लेन चार्टड गरिदिए त्यसको शुल्क आफैँले तिर्ने भन्दै उनीहरुले भनेका छन्, ‘नेपाल आइसकेपछि सरकारले तोकेको स्थानमा बस्न तयार छौं ।’

उनीहरुले बंगलादेशस्थित नेपाली राजदूतलाई पत्र लेख्दै पछिल्लो समय बंगलादेशमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको हुँदा आफूहरुले असुरक्षित महशुस गरिरहेको बताएका छन् ।

कलेजको होस्टेलभित्र त्रासपूर्ण वातावरणमा आफूहरुको मनोबल कमजोर बन्दै गएको उनीहरुको भनाइ छ ।

विद्यार्थीहरुले लेखेको पत्रमा भनिएको छ, ‘विगत तीन हप्ताभन्दा बढी समयदेखि आआफ्नो कलेजको होस्टेलभित्र त्रासमय वातावरणमा बसिरहेका छन्, नेपाली विद्यार्थीहरु। यस्तो अवस्थामा चाहेर पनि आफ्नो देश पर्कन नपाउनुले विद्यार्थीको मनोवल घट्दै गएको छ । हामी मानसिक रुपले निकै नै कमजोर बनिसकेका छौँ ।’

अध्ययनका लागि बंगलादेशमा रहेका करिब ६५० जना (नेपाली राजदूतावासका अनुसार) नेपाली विद्यार्थीहरु होस्टेलमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र राजदूतावासले दिएको निर्देशन पालना गरिरहेको उनीहरुले बताएका छन्। होस्टलमा बस्दा सामाजिक दूरी कायम गर्न कठिनाई भइरहेको उनीहरुको भनाइ छ ।

‘हामी असुरक्षित महशुस गरिरहेका छौँ। यहाँको उच्च जनघनत्वका कारण सामाजिक दूरी कायम राखेर बस्न पनि कठिनाई रहेको छ। यसर्थ हामीलाई यथाशक्य छिटो उद्धार गरी नेपालमा लग्ने वातावरण मिलाइदिनुहुन श्रीमान् महामहिम राजदूत ज्यूमार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौँ’, नेपाली विद्यार्थीहरुले लेखेको पत्रमा उल्लेख छ।

सरकारले चार्टर विमानको व्यवस्था गरिदिए बरु खर्च आफै व्यहोर्ने उनीहरुले बताएका छन्।

हाल बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीहरुले दूतावासलाई लेखेको चिठीमा भनेका छन्, ‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि राज्यसँग आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले हामीलाई एउटा चार्टर प्लेनको व्यवस्था गरिदिए त्यसको न्यूनतम लागत हामीले आफै तिरेर आफ्नै खर्चमा नेपाल जानेछौँ।’

नेपाल पुगिसकेपछि आफूहरु होम क्वारेन्टाइन वा राज्यले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरुको भनाइ छ।

पछिल्लो समय राजधानी ढाकासहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भइरहेको छ । बंगलादेशमा हालसम्म १ हजार जनालाई कोरोना संक्रमण भएको छ। ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>