Breaking News

चितवनमा र्‍यापिट टेष्टमा एक जनामा कोरोना पोजिटिभ, स्वाब परीक्षणका लागि भरतपुरमा

०
Banner

चितवन, वैशाख ३–

चितवनमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा आज (बुधबार) गरिएको र्‍यापिड टेस्ट परीक्षणमा एक जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले र्‍यापिड टेस्टमा पोजिटिभ देखिए लगत्तै ती पुरुषलाई अस्पतालकै आइसोलेसनमा राखिएको जानकारी दिए । उनका अनुसार ती पुरुष फागुन ३० गते कोरियाबाट आएको हुन् । उनमा कुनै लक्षण देखिएको छैन । थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको खड्काले नारायणी अनलाइनलाई जानकारी दिए ।

खड्का अनुसार आज ३९ जनाको र्‍यापिड टेष्ट गरिएको छ भने ३ जनाको स्वाब संकलन गरिएको छ । यस्तै हिजो मंगलबार १८ जनाको र्‍यापिड टेस्ट र ४ जनाको स्वाब मार्फत कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>