Breaking News

कोरोनाको डरले चकमन्न सन सिटी अपार्टमेन्ट, र्‍यापिड किट टेस्ट सुरु

Banner

काठमाडौँ, वैशाख ३–

काठमाडौँको काँडाघारी पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टका बासिन्दाहरुको परीक्षण सुरु भएको छ ।

अपार्टमेन्टमा यतिवेला फरकखाले शून्यता छाएको छ। लकडाउनका अन्य दिनमा मानिसहरु फुत्तफुत्त निस्किरहन्थे। वरपरका पसलमा किनमेल चल्थ्यो। तर, अब भने यहाँ मानिसको वाह्य गतिविधि पूरै रोकिएको जस्तो देखिन्छ । यहाँका बासिन्दाहरु अपार्टमेन्टका आआफ्ना फ्ल्याटका कोठाभित्र मात्र सीमित छन्।

अपार्टमेन्टको ब्लक ए मा रहेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड किट टेस्ट सुरु भएको हो । र्‍यापिड किट टेस्टमा कसैलाई कोरोना भाइरसको संक्रमण देखिएमा उनीहरुको नमूना संकलन हुनेछ ।

अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुका परिवारका सदस्य तथा सो ए ब्लकका बासिन्दाको परीक्षण सुरु भएको हो ।

यतिबेला अपार्टमेन्टमा रहेका पाँच सय परिवार आपूहरू कसैमा त्यो संक्रमण भेटियो भने के होला भन्ने त्रासमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>