मकवानपुर

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु

Banner

मकवानपुर, वैशाख ३–

मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा मंगलबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते छन् ।

हावाहुरीसँग परेको चट्याङले ४० वर्षीय चैतसिंह चेपाङको मृत्यु भएको हो। घाइतेमध्ये कृष्णबहादुर चेपाङ, रामबहादुर चेपाङ, आलिमाया चेपाङ र महेन्द्र चेपाङको अवस्था गम्भीर रहेको प्रदेश सांसद सन्तबहादुर चेपाङले बताए। उनका अनुसार मंगलबार राति ९ वटा घरमा चट्याङ परेको थियो।

घाइतेहरूको धिराङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>