Breaking News

चितवनमा परीक्षण गरिएका २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Banner

चितवन, वैशाख २–

चितवनमा आज (मंगलबार) परीक्षण गरिएका २५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा नमूना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ ।

मंगलबार भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट ५ महिला र १३ पुरुष गरी १८ जना, भरतपुर अस्पतालबाट २ महिला र एक पुरुष गरी ३ जना र गुञ्जमान सिंह हस्पिटल रत्ननगरबाट ४ जना पुरुष गरी २५ जना थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>