Breaking News

काभ्रेमा पनि र्‍यापिड टेष्टमा दुई युवकमा कोरोना पोजिटिभ

Banner

काभ्रे, वैशाख २–

काभ्रेमा पनि दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको हो । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>