मकवानपुर

बाग्मती प्रदेशको कृषि मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउने

Banner

चितवन,जेठ २-

वाग्मती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको सहज रुपमा ढुवानीको व्यवस्था मिलाउने भएको छ । मन्त्रालयले एग्री ट्रान्सपोर्ट कल सेन्टरको स्थापना गरेर सहज ढुवानीको व्यवस्था गर्न लागेको हो ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितिले कृषि, पशुजन्य , मात्य व्यवसाय, कृषक र आम उपभोक्तामा पर्न गएको असुविधा,कृषि उत्पादनको आपूर्तिमा भएको कठिनाई र ढुवानीको समस्यालाई समाधान गरिने उल्लेख गरिएको छ ।

‘तरकारी,बिउ,फलफुल,मल किटनाशक औषधि,पशुपन्छीको औषधि,अण्डा, दूध, पशुपन्छीको दाना,पराल आदि आन्तरिक जिल्ला,एक जिल्लाबाट अर्को जिल्ला र अन्तर प्रदेश ढुवानी गर्दा कुनै समस्या आएमा त्यसको समन्वय मन्त्रालयले गर्नेछ, सूचनामा भनिएको छ । किसानले मन्त्रालयको फोन नम्वर ०५७–२५९४५, ९८४५१२५०९०,९८४५६१२९२१ मा विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>