Breaking News

भिआइपीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई सिमानामा खटाउन गृहमन्त्रीकाे निर्देशन

Banner

काठमाडौं, वैशाख २-

पूर्वमन्त्रीहरुले आफ्नो सुरक्षाका लागि प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमामा खटाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् ।

गृहमन्त्रीले सीमाक्षेत्रमा सर्तकता अपनाउनका लागि सुरक्षाकर्मी बढाउन निर्देशन दिएका हुन् । पर्साको वीरगञ्‍जमा तीन भारतीय नागरीकलाई कोरोना संक्रमण भएपछि थापाले तराईका सीमाक्षेत्रमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर भिआइपीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सिमानामा खटाउन निर्देशन दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>