Breaking News
भारतसँग जोडिएको अधिकांस नाका सील गरियो,२ सय बढि अस्थायी पोष्ट खडा

कपिलवस्तु,बैशाख १-
५ नम्बर प्रदेशको भारतसँग सीमा जोडिएका स्थानमा २ सय बढी अस्थायी पोष्ट खडा गरेर सीमानाका सील गरिएको छ । खुला सीमाका कारण कोरोना भाइरस संक्रमणको त्रास बढेका कारण सशस्त्र प्रहरी सीमामा तैनाथ भएर आवागमनमा पूरै रोक लगाएको छ ।
सशस्त्र प्रहरीको टोली लुकीचोरी आवतजावत हुने ठाँउमा पाल टाँगेर र अस्थायी पोष्ट खडा गरेर २४ घण्टा ड्यूटीमा खटिएको छ । पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमा भारतसँग जोडिएको छ ।
सशस्त्र प्रहरीको टोली प्राय एउटादेखि अर्को पोष्ट देखिने गरी खटिएका छन् । ‘आई कन्ट्याक्ट हुने गरि पोष्ट राखिएका छन’, ५ नम्बर प्रदेश सशस्त्रको बाहिनी प्रमुख डीआईजी नारायणदत्त पौडेलले भन्नुभयो, ‘कही कही वन, नदी र तालका कारण केही पर छन् ।’ त्यस्ता ठाउँमा मोबाइल पैदल गस्ती गरेर सीमा निगरानी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै गाडीबाट नियमित पेट्रोलिङ एवं निगरानी पनि बढाइएको छ ।
























