Breaking News

पहाडी र हिमाली क्षेत्रका सशस्त्र प्रहरी सीमामा खटाउन गृहमन्त्रीको निर्देशन

Banner

काठमाडौं,बैशाख १-

गृहमन्त्री रामबहादुर थापा’बादल’ले पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यक बाहेकका कर्मचारीहरुलाई तराईका जिल्लामा ल्याएर सिमा सुरक्षामा परिचालन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री थापाले सोमबार गृहसचिव महेश्वर न्यौपानेमार्फत सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाललाई त्यस्तो निर्देशन दिएका हुन्।

यस्तै गृहमन्त्री थापाले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सिमा आउजाउमा कडाई गर्न गृह मन्त्रालयले मातहतलाई निर्देशन दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>