Breaking News
बल्ल डराए ट्रम्प : इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा
०

एजेन्सी, वैशाख १-
अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै २२ हजार ७३ जनाको मृत्यु भएको छ भने ५ लाख ५६ हजार ४४ जना संक्रमित छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन् ।
ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् । यो लकडाउनकै स्वरुप हो । अब मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन् ।
ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको बताउँदै ट्वीटरमा भनेका छन्, ‘हामी जितिरहेका छौं र जित्नेछौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























