Breaking News

कोरोनाविरुद्धको लडाईमा एक वर्षको पारिश्रमिक खर्चने नारायणकाजीको घोषणा

Banner

काठमाडौँ, वैशाख १-

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको सबै पारिश्रमिक राहतमा दिने घोषणा गरेका छन्

श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन् ।

उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका हुन् ।

एक वर्षको सबै पारिश्रमिक राहतमा दिने घोषणा गरेपछि घर खर्च कसरी चलाउने भन्ने प्रश्नमा उनले भनेका छन् ‘यस अघि बर्षौं साँसद नहुँदा जसरी नै । घरभाडा, गाडी र तेलखर्च पुर्ब पार्टीले दिदै आएको थियो। खाना सहितको सामान्य खर्च दाजुभाई र साथीहरुले। घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा,निर्वाचनमा समेत ठुला कर्पोरेट हाउस सँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको छु।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । उनले सांसद विकास कोषको रकम पनि कोरोनाविरुद्ध खर्च गर्न प्रस्ताव गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>