Breaking News
नयाँ वर्षको दिन लकडाउन उल्लंघन गर्ने १ हजार ७ सय जना प्रहरीको नियन्त्रणमा
०

काठमाडौं, वैशाख १-
लकडाउनको अवधि थपिएपछि घरमै बसिरहनुको सकस बढ्दै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ ।
लकडाउनको कारण मानिस घरभित्र नै नयाँ वर्ष मनाइरहेका छन् । तर उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने १ हजार ७ सय १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै ३ देखि ४ घण्टा होल्ड गरेर कोरोना सम्बन्धि सचेतना कक्षा दिएर छाड्छ। तर पनि दिन प्रतिदिन लकडाउन उल्लंघन गर्नेको संख्या भने बढिरहेको छ।
प्रहरीले आज बिहान उपत्यकाभित्रबाट ४ सय ४५ महिला र १२ सय ६८ पुरुषलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























