चितवन विशेष
चितवनमा र नवलपुरमा ‘मेरो किनमेल’ले घरघरमै खाद्य सामग्री पुर्याईदिने

चितवन, चैत ३०–
चितवनबाट संचालित मेरो किनमेल प्रा.लि.ले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै घरघरमै खाद्यान्न सामग्री (भान्साको सामग्री) पुर्याई दिने भएको छ । मेरो किनमेलले आइतबार एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा आममानिसले सास्ती भोगी रहेको अवस्थामा घरघरमै खाद्यान्न सामग्री पुर्याउने कार्यको सुरुवात गरिएको जनाएको छ ।
मेरो किनमेलका कार्यकारी निर्देशक सन्तोष कँडेलद्धारा विज्ञप्तीमा खाद्यान्न सामग्री डेलिभेरीका लागि योजना पहिले देखि नै बनाए पनि लकडाउनको अवस्थामा झनै खाँचा देखिएकोले यसको सुरुवात गरिएको उल्लेख छ । मेरो किनमेलले नारायणगढलाई मध्यविन्दु बनाएर ५ किलोमिटर वरपरको दुरीमा डेलिभेरी अर्थात घरसम्म खाद्य सामग्री पु¥याउने व्यवस्था गरेको छ । ग्राहकले घरमै बसेर मेरो किनमेलको मोबाइल एप्लीकेशन डाउनलोड गरी वेभसाइट मार्फत र फोनबाट पनि सामग्री अर्डर गर्न सकिने प्रवन्ध निर्देशक कँडेलले बताए ।
मेरो किनमेल मार्फत दैनिक उपभोग्य सामग्री जस्तैः नुन, चामल, तरकारी, चिनी, दाल, मसला, चियापत्ती, चाउचाउ, भूजा, बिस्कुट, साबुन, पेय पदार्थ आदि सामग्री अर्डर गर्न सकिने कँडेलले बताए । ग्राहकले सामान मगाउँदा विहान १० बजेदेखि बेलुका ६ बजेसम्ममा सम्पर्क गर्नुपर्ने हुन्छ । मेरो किनमेलले सोही अवधिमा सामग्री उपलब्ध गराउने छ भने सामग्री उपलब्ध गराएको बापतको भुक्तानी, खल्ती, इसेवा वा नगदबाट पनि भुक्तानी गर्न सक्ने छ । उपभोक्ताहरुले कम्तीमा एक हजार वा सो भन्दा माथिको सामग्री अर्डर गर्नुपर्ने र घरमै पु¥याए बापतको शुल्क एक सय रुपैयाँ लाग्ने कम्पनिले जनाएको छ ।

























