Breaking News
कोरोना भाइरसबाट विदेशमा १४ नेपालीको मृत्यु, ७ सय संक्रमित

काठमाडौं, चैत ३०-
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको छ ।
एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृत्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो ।
जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो । विभिन्न देशमा ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीकाे संख्या सयभन्दा बढी भइसकेकाे जानकारी छ ।
यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे एनआरएनले जनाएको छ ।
























