चितवन विशेष

नारायणीमा पौडी खेल्दा डुबेर युवकको मृत्यु

Banner

चितवन,चैत २९-

नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका १ जोरकुशुम पार्क नजिक नारायणी नदि किनारमा पौडी खेल्न गएका भरतपुर २ क्षेत्रपुरका १८ बर्षिय सनिल लामा बेपत्ता भएका थिए ।

उनको शव डुवेको स्थानबाट २५ मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। शुक्रबार बेपत्ता लामाको शव आज (शनिवार) कुरिनटारको सशस्त्र प्रहरी बल शिक्षालयको उद्धार टोलीले फेला पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>