Breaking News
अमेरिकामा भयो एकै दिनमा २१ सय ८ जनाको मृत्यु
०

काठमाडौँ, चैत २९-
कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकामा एकै दिनमा विश्वमै अहिलेसम्मकै बढी मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा शुक्रबार एकै दिन २१ सय ८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा अमेरिका इटाली भन्दा पनि अघि जाने सम्भावना छ ।
अमेरिकामा अहिलेसम्म १८ हजार ७६९ जनाको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार ८४९ रहेको छ । अमेरिकामा संक्रमितको संख्या पनि पाँच लाख नाखेको छ ।
अहिलेसम्म पाँच लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्याले नयाँ उचाई लिए पनि विज्ञले अमेरिकामा कोरोना भाइरसको संक्रमण तथा मृत्यु स्थिर भएको र केही दिनमा ओरालो लाग्ने बताएका छन् ।
एकै दिनमा यति धेरै जनाको मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा भएको थिएन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























